२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिने छैन: कार्यवाहक सभापति खड्का

शुक्रवार , माघ २, २०८२

ललितपुर । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई निर्वाचन आयोगले वैधता नदिने विश्वास व्यक्त गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक सभापति खड्काले पार्टीको अनुशासनभन्दा बाहिर गई भएको विशेष भेलाको निर्णय निर्वाचन आयोगमा पेस गरिएको भन्ने जानकारी आमसञ्चारमाध्यमबाट थाहा पाउनासाथ आयोग पुगी ध्यानाकर्षण गराएको जानकारी दिए ।

“देश प्रतिकूल अवस्थामा रहेको अवस्थामा संविधान र वर्तमान व्यवस्थाको संरक्षण गर्नुपर्ने सबैको दायित्व हो, तर विशेष महाधिवेशनका नाममा अवैधानिक भेला गरिएर पार्टीमा आन्तरिक समस्या ल्याउने काम भयो, पार्टीको विधानअनुसार महाधिवेशन गराउने अधिकार केन्द्रीय समितिलाई मात्रै छ, कुनै व्यक्ति वा पदाधिकारीलाई महाधिवेशन गराउने अधिकार दिएको छैन, विशेष महाधिवेशन बोलाउन विषय खोलेर माग गरेमा केन्द्रीय समिति र केन्द्रीय कार्यालयले सो सम्बन्धमा निर्णय गर्ने हो, महाधिवेशनको कार्यविधि केन्द्रीय समितिले मात्रै बनाउने हो”, खड्काले स्पष्ट गरे ।

“निवर्तमान महामन्त्री गगनकुमार थापाको जिम्मेवारीमा रहेको क्रियाशील सदस्य टुङ्गोमा पु-याउनुपर्ने व्यवस्था कार्यान्वयन हुन सकेन, क्रियाशील सदस्य टुङ्गोमा पु-याएर नबुझाइ गत पुस १७ गते केन्द्रीय समितिले जारी गरेको कार्यतालिकालाई सभापति र कार्यवाहक सभापतिको जानकारीबिना नै दुई महामन्त्रीले स्थगित गर्नुभयो, पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिमा पनि क्रियाशील सदस्यताको विवरण आएन”, उनले भने ।

कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्नेक्रममा गत मङ्सिर १५ गतेको बैठकले नियमित महाधिवेशनको कार्यतालिकासहित प्रक्रियाअघि बढाएपछि विशेष महाधिवेशनको औचित्य समाप्त भएको स्पष्ट गरे । उनले गत पुसमा विशेष महाधिवेशन आयोजना गर्न नसकिने भएसँगै आगामी वैशाखमा महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरिएको जानकारी दिए ।

“केन्द्रीय समितिका सबै बैठकमा महामन्त्रीहरु सहभागी हुनु भएकै हो, फागुन २१ को निर्वाचनका लागि पार्टी र मुलुक अगाडि बढिरहेको छ, विशेष महाधिवेशनको नाममा आएका माग–मुद्दालाई सम्बोधन गर्न हामी सहमत भएकै हो, सभापतिले पनि हदैसम्मको लचकता अपनाउनुभएको हो, विखण्डन रोक्न आह्वान गर्नु भएकै हो, तर त्यसलाई बेवास्ता गरी देशभरका महाधिवेशन प्रतिनिधिलाई बोलाउने काम गरेर पार्टीलाई समस्यामा पार्नुभयो”, उनले भने ।

“फागुन २१ गतेको निर्वाचन नेपाली कांग्रेसको पहिलो प्राथमिकता हो, संविधानको संरक्षण र नेपाली जनताको सार्वभौमसत्ताको रक्षा गर्नु नेपाली कांग्रेसको प्राथमिकता हो, तथापि निर्वाचन आयोगले प्रभाव र दबाबमा परेर गलत निर्णय गर्यो भने कांग्रेसले त्यसमा प्रतिकार गर्छ ।” कार्यवाहक सभापति खड्काले भने ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट