२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

देउवा पक्षको केन्द्रीय समिति बैठक आज बस्दै , शेखर कोइराला निकट सहभागी नहुने

शनिवार , माघ ३, २०८२

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई औपचारिक रूपमा मान्यता दिएपछि पार्टीभित्रको विवाद थप चर्किएको छ । आयोगको निर्णयपछि शेरबहादुर देउवा पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

देउवा पक्षले बोलाएको बैठक आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिलाई उपस्थित हुन बोलाइएको छ ।

तर, निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्णय गरेपछि शेखर कोइराला निकट केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले उक्त बैठकमा सहभागी नहुने निर्णय गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले सुनौलो नेपालसँग कुराकानी गर्दै उनले शेखर कोइराला पक्षका नेताहरू बैठक सहभागी गर्ने निर्णय गरेको बताए।

उनले निर्वाचन आयोगले गरेको निर्णयलाई स्वीकार गर्दै अब पार्टीलाई एकीकृत बनाएर अघि बढ्नुपर्ने धारणा राखे । पार्टीभित्र उत्पन्न विवाद समाधान गर्दै संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

निर्वाचन आयोगको निर्णयसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक अवस्था थप संवेदनशील बनेको छ । देउवा, शेखर र गगन थापा पक्षबीचको शक्ति सन्तुलन र आगामी राजनीतिक कदमलाई लिएर कांग्रेसभित्र चासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट