२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

गगन थापाको नेतृत्वमा नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै

शनिवार , माघ ३, २०८२

काठमाडौं । नयाँ नेतृत्व चयन भएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्ने भएको छ। विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वलाई शुक्रबार आधिकारिकता प्राप्त भएपछि अब पार्टीको नेतृत्वलाई व्यवस्थित रूपमा अघि बढाउने प्रक्रिया सुरु भएको हो।

बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ। बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन आह्वान गरिएको छ।

गगन थापा नेतृत्वले पहिलो बैठकबाट पार्टीलाई एकीकृत बनाउने तथा आगामी निर्वाचनका तयारीलाई गति दिने प्राथमिकता राखेको बताइएको छ।

बैठकले आगामी कार्यक्रम, नीति तथा संगठनात्मक संरचनासँग सम्बन्धित निर्णयहरू लिन सक्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट