२०८३, श्रावण १२ गते

मंगलवार, श्रावण १२ गते २०८३

एमाले सचिवालय बैठक आज, प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने

शनिवार , माघ ३, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो ।

एमाले सचिब महेश बस्नेतका अनुसार निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन कार्यक्रम भएकोले बैठक आह्वान गरिएको हो।

एमालेका क्षेत्रीय, जिल्ला र प्रदेश कमिटीहरूले पहिले नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्। यसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको छ।

हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकोले एमालेले सबै क्षेत्रमा सूर्य चिन्हबाहक उम्मेदवार अघि बढाउने छ। यसअघि केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेदवार टुंग्याउने जिम्मेवारी सचिवालयलाई दिने निर्णय गरेको थियो।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट