२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

निर्वाचन आयोगको निर्णय आत्मसाथ गर्दै एकढिक्का भएर निर्वाचनमा होमिन्छौँ : उपसभापति शर्मा

शनिवार , माघ ३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगले गरेको निर्णयलाई पार्टीका सबै नेता कार्यकर्ताले आत्मसाथ गर्ने र एकढिक्का भएर निर्वाचनमा होमिने विश्वास व्यक्त गरेका छन् ।

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि शनिबार काठमाडौंमा बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

त्यस्तै, सभापति गगनकुमार थापाले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउने बताए । सभापति थापाले विगतका तिक्ततालाई बिर्सेर पार्टीको मूल्यमान्यतालाई जोगाउदै र नयाँ भावना समेट्दै एक ढिक्का बनाएर अगाडि बढाउने बताएका हुन् ।

पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिको अपेक्षा गरेको भन्दै सभापति थापाले एकदुई दिनभित्र सिङ्गो कांग्रेस एक ठाउँमा उभिने वातावरण बनाउन लागिरहेको धारणा राखे । पार्टीलाई एकताबद्ध गर्न सम्वादको थालनी भइसकेको उनको भनाइ छ ।

त्यस्तै कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र कसैलाई पनि पक्षपात नगर्ने र सवैलाई विश्वासमा लिएर नै अघि बढ्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट