काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समयसम्म पार्टीको नेतृत्व गरेकोमा आभार व्यक्त गरेको छ ।
विशेष महाधिवेशनबाट चयन सभापति गगन थापाको नेतृत्वमा नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले देउवालाई आभार व्यक्त गरेको हो ।
देउवालाई लामो समयसम्म पार्टीको नेतृत्व लिएकोमा आभार व्यक्त गर्दै उनबाट अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास कांग्रसले गरेको छ ।
प्रतिक्रिया दिनुहोस