२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

एमाले सचिवालय बैठक जारी, उम्मेदवार टुंगो लगाउँदै

शनिवार , माघ ३, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो तीन बजेदेखि बैठक जारी रहेको केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका उम्मेदवारबारे छलफल भइरहेको छ । “जिल्ला हुँदै प्रदेश कमिटीले केन्द्रमा उम्मेदवारको नाम सिफारिस गरेका छन्, ती नाममा पार्टीका शीर्ष नेताहरूले छलफल गरिरहनुभएको छ”, डा अधिकारीले भने ।

निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवार मनोनयन गर्नुपर्ने भएकाले एमालेले आजै उम्मेदवारको टुङ्गो लगाउने गरी छलफल गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट