काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन एवम् जनसभा आयोजना गर्न लागेको छ। बागमती प्रदेश कमिटीको आयोजनामा हुने कार्यक्रम भृकुटीमण्डपबाट सुरु भई प्रज्ञाभवन, कमलादीमा पुगेर जनसभामा परिणत हुने जनाइएको छ।
दिउँसो १२ बजे शुरू हुने प्रदर्शनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्नेछन्।
एमालेले यो प्रदर्शन आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी विशेष चुनावी अभियानको रूपमा आयोजना गरेको हो। एमालेले केही निर्वाचन क्षेत्रबाहेक अधिकांश क्षेत्रमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार टुंग्याइसकेको छ।
प्रतिक्रिया दिनुहोस