२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

एमालेले इलाम २ मा दोहोर्‍यायो सुहाङ नेम्वाङ, १ मा काजीमान कागते

आइतवार , माघ ४, २०८२

मङ्गलबारे । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले इलामको दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ ।

निर्वाचन क्षेत्र नं १ मा काजीमान कागते र क्षेत्र नं २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको छ । नेकपा एमालेको शनिबारको सचिवालय बैठकबाट १६५ मध्ये १४१ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट भएका हुन् ।

नेम्वाङ निवर्तमान सङ्घीय सांसद् हुन् भने कागते पूर्वप्रदेशसभा सदस्य हुन् । नेम्वाङ इलाम क्षेत्र नं २ बाट गत उपनिर्वाचनमा २७ हजार ७७२ ल्याएर विजयी भएका थिए। उम्मेदवार चयन भएका कागते कोशी प्रदेशसभाका पूर्वसदस्य हुन् ।

निर्वाचन हुन अब ४६ दिन बाँकी छ । प्रत्यक्षतर्फ मनोनयन दर्ता यही माघ ६ गते हुनेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट