काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज दिउँसो १ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यलयमा पुग्ने भएका छन् ।
रास्वपाको आज दिउँसो २ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा बालेन सहभागी हुने भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपाको केन्द्रीय कमिटी बैठकबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार टुंगो लगाइने जनाइएको छ।
उम्मेदवार टुंगो लगाएपछि रास्वपा सभापति रवि लामिछाने र बालेन शाह आज साँझ ५ बजे बुद्ध एयरको जहाजबाट जनकपुर जाँदै छन् ।
प्रतिक्रिया दिनुहोस