२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

गोरखा छोडेर नयाँ मैदानमा नारायणकाजीको दाउ, फेर्लान् त हारको इतिहास ?

आइतवार , माघ ४, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन् ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले राजीनामा दिएका हुन् ।

६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल पनि आगामी फागुन २० मा सकिँदै थियो । एक महिनाअगाडि राजीनामा दिएर उनी प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फको उम्मेदवारीसहित चुनावी दौडमा होमिने भएका हुन् ।

यद्यपि, उनले यस पटकको निर्वाचनमा फरक निर्वाचन क्षेत्र रोजेका छन् । गोरखा स्थायी घर भएका श्रेष्ठ यो पटक नेपाली कम्युनिस्ट पार्टीबाट सर्लाही - ३ का उम्मेदवार बन्ने भएका हुन् । उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका थिए।

श्रेष्ठले २०७४ को निर्वाचनमा गोरखा–२ क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए। त्यसबेला उनले डा. बाबुराम भट्टराईसँग हार व्यहोर्नु परेको थियो ।

त्यसो त २०७० सालको संविधान सभा निर्वाचनमा पनि मकवानपुरबाट पराजय भएका श्रेष्ठ यस पटक जन्मथलो गोरखा नै जाने हिम्मत गरेनन् । यद्यपि, प्रतिनिधि सभा निर्वाचनमा पराजय भोगेपनि संसदीय भूमिकाबाट भने उनी छायामा परेनन्, जसको कारण हो राष्ट्रिय सभा निर्वाचन ।

२०७६ मा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा उनी गण्डकी प्रदेशबाट निर्वाचित भएका थिए। यसले उनलाई संसदको सदस्यको रूपमा संसदमा प्रवेश गरायो।

प्रत्यक्ष निर्वाचनमा जितको स्वाद नै चाख्न नपाएका श्रेष्ठले सर्लाही–३ बाट उम्मेदवारी दिएर राजनीतिक भविष्यको नयाँ परीक्षा दिन खोजेका छन् ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट