२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहको प्रदर्शन

आइतवार , माघ ४, २०८२

काठमाडौं । पार्टीको आधिकारिताका बिषयमा निर्वाचन आयोगले गरेको निर्णय मान्य नहुने भन्दै नेपाली कांग्रेस देउवा समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।

निर्वाचन आयोगको कदम असंवैधानिक र अवैधानिक भएको भन्दै कांग्रेस देउवा समूहका भातृ तथा शुभेच्छेक संस्थाहरुले आइतबार काठमाडौंको माइतिघरमा खवरदारी स्वरुप प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले असंवैधानिक निर्णय फिर्ता गर, विधिको शासन कायम गर, पक्षपातपूर्ण निर्णय मान्दैनौ, गल्त सच्याउ लोकतन्त्र बचाउन लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

आयोगले पार्टीको विधानका साथै संविधान बिपरित एकपक्षीय ढंगले कांग्रेस बिभाजन गर्ने षडयन्त्रका साथ आधिकारिकताका निर्णय गरेको उनीहरुको आरोप छ ।

आयोगले आफ्नो निर्णय नसच्चाए कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट