२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

प्रधानमन्त्रीले बोलाइन् मन्त्रीहरुसहितको बैठक, मनोनयन दर्ताको समय सर्न सक्ने

आइतवार , माघ ४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले समसामयिक विषयमा छलफल गर्नका लागि मन्त्रीहरुसहितको बैठक आइतबार ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा आह्वान गरेकी छिन् ।

आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सरोकारवालाबीच विचार–विमर्श गर्ने उद्देश्यले बैठक आह्वान गरिएको हो ।

चुनावका लागि प्रत्यक्षतर्फ मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ । तर, राजनीतिक दलहरूले उम्मेदवारी चयनका लागि आन्तरिक व्यवस्थापन गर्न समस्या परेपछि मनोनयन दर्ताको समयसिमा थप गर्न आयोगलाई अनुरोध गरिरहेका छन् ।

नेपाली कांग्रेसको विवाद मूल कारणले मनोनयनको मिति सार्न लागिएको बताइएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको छ ।

आयोगको निर्णयविरुद्ध देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । उनीहरुले आयोगमै पुगेर पनि मनोनयनको मिति सार्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट