२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

मेयर पदबाट बालेन शाहले दिए राजीनामा, तामझामसहित पुगे घण्टीघर

आइतवार , माघ ४, २०८२

काठमाडौं । बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका छन्।

मेयर शाहले आजदेखि लागू हुने गरी राजीनामा दिएका हुन्। उनले उपमेयर सुनिला डंगोलसमक्ष राजीनामा दिएका हुन्।

उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुने तयारीमा छन्।

यसैबीच, आइतबार दिउँसो बालेन तामझामसहित रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टीघर पुगेका छन् । कार्यालय प्रवेशको क्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरूले उनलाई स्वागत गरेका छन् ।

यही पुस १४ गते रास्वपामा समाहित भएका बालेन रास्वपाको वरिष्ठ नेताको रुपमा आज बस्ने केन्द्रीय समिति बैठकमा सहभागी हुनेछन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट