काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफुले अहिलेसम्म चुनाव लड्ने वा नलड्ने कुनै निर्णय नगरेको बताएका छन् ।
आइतबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा खरेलले आजका दिनसम्म आफुले चुनाव लड्ने वा नलड्ने भन्ने कुनै निर्णय नगरेको बताएका हुन् । यस बिषयमा सार्वजनिक रुपमा समेत कहिकतै नबोलेको उनको भनाइ छ ।
त्यस्तै माघ २ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खरेलले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको बित्तीय लगानी ढाँचा स्वीकृत गरेको जानकारी दिए । बैठकले उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग, २०८२ गठन गर्ने निर्णय गरेको उनले बताए ।
त्यसैगरि बैठकले नेपाली सेनाका एक जना सहायक रथीको सरुवा गर्ने र एक जना महासेनानीको सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस