काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले मेयर बालेन्द्र शाहलाई धन्यवाद दिएको छ । मेयर शाहको राजीनामापछि महानगर कार्यपालिका बैठकले धन्यवाद ज्ञापन गरेको हो ।
बालेनले महानगरमा पुर्याएको योगदान र आगामी दिनमा समेत सुझाव दिन अनुरोध गर्दै धन्यवाद दिइएको हो ।
कार्यवाहक प्रमुख सुनिता डंगोलले बालेनले दिएको राजीनामाबारे कार्यपालिका जानकारी गराउँदै धन्यवाद प्रस्ताव पेस गरिन् । उक्त प्रस्ताव कार्यपालिका सदस्यहरूले धन्यवाद प्रस्ताव सर्वसम्मतले पास गरेका हुन् ।
मेयर शाहले आजदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । बालेन फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुने तयारीमा छन् । उनी झापा–५ बाट चुनाव लड्दै छन् ।
प्रतिक्रिया दिनुहोस