काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह जनकपुर पुगेका छन् ।
आइतबार नै काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका बालेन दिउँसो केन्द्रीय कार्यालय घण्टीघर पुगेर अपरान्ह रास्वपा सभापति रवि लामिछानेसँगै जनकपुर पुगेका हुन् ।
सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई जनकपुर विमानस्थलमा नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन् । सभापति लामिछाने, वरिष्ठ नेता शाह लगायतलाई स्वागत गर्न जनकपुर विमानस्थलमा नेता तथा कार्यकर्ताहरूको ठूलो भिड लागेको छ ।
प्रतिक्रिया दिनुहोस