२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

जनकपुरमा बालेन: बिहानै पुगेर गरे पूजाअर्चना, शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्न लहान पुगे

सोमवार , माघ ५, २०८२

धनुषा । जनकपुरमा हुने सभालाई सम्बोधन गर्न मधेश प्रदेशको राजधानी जनकपुर पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाहले जानकी मन्दिरमा पूजाआजा गरेका छन् ।

बालेन शाह आज एकाबिहानै जानकी मन्दिर पुगेर पूजाआजा गरेका थिए । उनले मन्दिरका पूजारी तथा सहमहन्थ रामरोशन दाससँग भेटघाट समेत गरेका छन् । भेटघाटमा पूर्वसांसद अमरेश कुमार सिंह पनि सहभागी थिए ।

जनकपुरधाममा आज आयोजना हुने सभाबाट अमरेश कुमार सिंह रास्वपा प्रवेश गर्ने कार्यक्रम रहेको जनाइएको छ । सो सभालाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछानेसँगै बालेन आइतबार साँझ जनकपुरधाम पुगेका थिए ।

जनकपुरधामबाट बालेन मधेश आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्न लहान प्रस्थान गरेका छन् ।

यसअघि बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर रास्वपा केन्द्रीय कार्यालय बनस्थलीमा पदभार ग्रहण गरेका थिए ।

बालेन शाह आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट