काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो उम्मेदवारी कुनै दल विशेषका विरुद्ध नभई कर्णालीको आवाज दबाउने प्रवृत्तिका विरुद्ध भएको स्पष्ट पारेका छन् ।
आगामी निर्वाचनको सन्दर्भमा आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले चुनाव जितेर संसदमा पुगेपछि पनि कर्णालीका मुद्दा नउठाउने प्रवृत्तिको कडा आलोचना गरेका छन् ।
आफ्नो उम्मेदवारीको औचित्य स्पष्ट पार्दै शाहीले लेखेका छन्, ‘मेरो उम्मेदवारी कुनै पार्टी वा दलका विरुद्ध होइन। चुनाव जितेर आएर पनि संसदमा कर्णालीको आवाज उठाउन नसक्ने, सधैँ काठमाडौंका नेताहरूको चाकडी गर्ने प्रवृत्तिका विरुद्ध हो।’
शाहीले कर्णालीको विकास, समृद्धि र यहाँका सम्भावनालाई विश्वसामु चिनाउने उद्देश्यले आफू चुनावी मैदानमा उत्रिएको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस