२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

कांग्रेसमा आन्तरिक कलहबीच टिकट वितरण तयारी, गगन-देउवा-कोइराला समूह छलफलमा

सोमवार , माघ ५, २०८२

काठमाडौं । नेपाली कांग्रेस आन्तरिक कलहकैबीच आगामी निर्वाचनको टिकट वितरणको तयारीमा लागेको छ । मंगलबार मनोनयन दर्ता हुनुपर्ने भएकाले आजै टिकटको टुंगो लगाउन थालिएको हो ।

२१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि टिकट मिलान र विवाद साम्य पार्न तीन गुटका नेताहरु छलफलमा छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित भएर आधिकारिकता पाएका गगन थापा, शेरबहादुर देउवा र शेखर कोइराला समूहका नेताहरु छलफलमा जुटे पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन ।

निर्वाचन आयोगबाट आधिकारिकता पाएका गगन समूहले पार्टीको टिकट लिएर निर्वाचन लड्ने भए निर्वाचन आयोगले दिएको आधिकारिकताविरुद्ध सर्वोच्चमा दायर गरिएको रिट फिर्ता लिनुपर्ने सर्त राखेको छ ।

गगन समूहका एक नेताका अनुसार, ‘विशेष महाधिवेशनको नेतृत्व स्वीकारेर हस्ताक्षरसहितको टिकट लिनेबित्तिकै विशेष महाधिवेशनलाई स्वीकार गरेको ठानिनेछ। सभापति स्विकारेर टिकट लिने र विशेष महाधिवेशनलाई अवैध भनेर अदालत जान भने हुँदैन।’

गगन समूहले राखेको सर्तबारे देउवा–कोइराला समूहले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । बैठक आज बिहान पनि जारी रहेको नेताहरुले बताएका छन् ।

आइतबार राति सभापति गगन थापा समूहबाट मधु आचार्य र देवराज चालिसे, देउवा समूहबाट रमेश लेखक र कोइराला समूहबाट मिनेन्द्र रिजालले विवाद मिलाउने प्रयास गरेका थिए । सो छलफललाई आज पनि निरन्तरता दिइएको छ ।

राति भएको छलफलमा अन्य कुरामा सहमति नभए पनि निवर्तमान सांसद र दान नलागेका व्यक्तिलाई टिकट दिने विषयमा गगन समूह तयार भएको एक नेताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट