२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सुनचाँदीको भाउले फेरि बनायो नयाँ रेकर्ड, तोलाको कति ?

सोमवार , माघ ५, २०८२

काठमाडौं । लगातार उकालो लागिरहेको सुनचाँदीको मूल्यले सोमबार पुन: नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढ्दै प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको हो । यो हालसम्मकै उच्च रेकर्ड हो । अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो । सो रेकर्ड आज सोमबार तोडिएको हो ।

त्यस्तै, आज चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट