२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

गोरखा-२ मा पुन: फर्किए बाबुराम, कसको पल्ला भारी ?

सोमवार , माघ ५, २०८२

काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि खासै शीर्ष नेताहरुको रोजाइमा नपरेको गोरखाको राजनीति एकाएक गर्माएको छ । कारण हो, डा. बाबुराम भट्टराईको 'इन्ट्री' ।

पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. भट्टराईलाई गोरखा-२ बाट चुनाव लड्न दबाब बढेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी पक्का गरेका हुन् । सक्रिय राजनीतिमा नलाग्ने निधो गरिसकेका भट्टराईको ‘इन्ट्री’ ले गोरखा क्षेत्र नम्बर-२ पुनः राष्ट्रिय राजनीतिको केन्द्रमा पुगेको हो।

डा. भट्टराई गोरखा क्षेत्र नम्बर-२ बाट यसअघि तीन पटक प्रत्यक्ष निर्वाचन जितिसकेका नेता हुन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्डलाई उक्त क्षेत्र छोड्दै उनले उम्मेदवारी दिएका थिएनन्। यसपटक प्रचण्डले रुकुम पूर्वबाट चुनाव लड्ने तयारी गरेका छन्।

नेकपा एमाले र माओवादी केन्द्रले गोरखा-२ मा उठाएका उम्मेदवार नितान्त फरक पृष्ठभूमिका छन्। डा. भट्टराईसँग ‘गुन्डा नाइके’ को पहिचान बनाएका मिलन गुरुङ (चक्रे मिलन) एमालेबाट प्रतिस्पर्धामा उत्रिँदै छन् भने माओवादी केन्द्रले भने ‘बौद्धिक नेता’ को छवि बनाएका लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाउने पक्का गरेको छ।

यस क्षेत्रमा रास्वपाले महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाउने निश्चित गरेको छ भने कांग्रेसको उम्मेदवार टुंगो लागिसकेको छैन । यद्यपि, कांग्रेसले पालुङटार नगरपालिकाका पूर्वमेयर दीपकबाबु कँडेललाई उम्मेदवार बनाउने लगभग निश्चित जस्तै छ। उता, प्रदेश सभाका पूर्वसांसद प्रकाशचन्द्र दवाडी पनि दौडमा छन्।

यसअघि बनाएको जितको इतिहास, गोरखाको विकास र राजनीतिक परिवर्तनमा डा. भट्टराईले खेलेको भूमिकाका कारण पनि अन्य पार्टीका उम्मेदवारलाई उनको उम्मेदवारी भारी पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट