२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

उत्पीडित समुदायको अधिकारका लागि अझै संघर्ष गर्नुपर्नेछ : प्रचण्ड

सोमवार , माघ ५, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, समानता, समावेशिता तथा उत्पीडित समुदायका अधिकारका लागि अझै संघर्ष गर्नुपर्नेमा अवस्था रहेको बताएका छन्। उनले २८६२ औँ सोनाम ल्होसारको अवसरमा आज तामाङ समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै सो विषयलाई जोड दिएका हुन् ।

“तामाङ समुदायको ल्हो परम्परा, सेलो संस्कृति, डम्फु–टुङ्नाको धुन र सामूहिक उत्सवले नेपालको बहुजातीय र बहुसांस्कृतिक चरित्रलाई जीवन्त बनाउँदै आएको छ, यही विविधता नै हाम्रो राष्ट्रिय एकताको बलियो आधार हो,” संयोजक प्रचण्डले भनेका छन् । उनले सोनाम ल्होसारले विभेदविरुद्ध एकजुट भई सुशासन, समृद्धि र जनताको शासन स्थापना गर्ने अभियानमा अझ दृढ बनोस भनी कामना गरेका छन् ।

“सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र नभइ पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक हो । डुक ल्हो (सर्प वर्ष) लाई विदाइ गरी ता ल्हो (घोडा वर्ष) को स्वागत गर्दै यस पर्वले परिवर्तन, गति र नयाँ सङ्कल्पको सन्देश दिन्छ,” संयोजक दाहाले आफ्नो शुभकामना सन्देशम भनेका छन्, “सबै आदिवासी जनजाति समुदाय र सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति र समृद्धिको कामना गर्दछु, यस अवसरमा तामाङ समुदायसहित सम्पूर्ण नेपाली जनतामा सुस्वास्थ्य, दीर्घायु, सम्मानपूर्ण जीवन र समृद्ध भविष्यको कामना गर्दछु ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट