२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

पूर्वराज्यमन्त्री उप्रेतीको निधन

सोमवार , माघ ५, २०८२

काभ्रेपलाञ्चोक । पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको आज निधन भएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित घरमा ८२ वर्षको उमेरमा उनको निधन भएको हो ।

लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगले ग्रसित उप्रेतीलाई उनको श्रीमतिको कोरोनाकालमा निधन भएपछि भतिजा विष्णुबहादुरले रेखदेख गर्दै आएका थिए। आज बिहान ३ बजे उनको निधन भएको वडाध्यक्ष मोतीलाल तामाङले बताए । लामो समयदेखि वामपन्थी आन्दोलनमा समाहित भएका उनलाई मध्यपूर्वीय क्षेत्रमा ‘रातो बाघ’ ले परिचित थिए ।

तत्कालीन समयमा सांसद हुँदै श्रमराज्यमन्त्री भएका उप्रेतीले मालेबाट एकीकृत भएपछि एमालेको राजनीति गरेका थिए। एमाले फुटपछि ९नेकपा० माले र त्यसपछि स्वतन्त्र जीवनयापन गरेका उनले पछिल्ला वर्षमा तत्कालीन माओवादी केन्द्रमा रही वामपन्थी आन्दोलनमा सहभागी हुँदै आएका थिए । काभ्रेपलाञ्चोक र विशेष गरी कोशीपूर्वको विकासमा उनको ठूलो योगदान रहेको छ ।

आज उनीप्रति श्रद्धाञ्जली सभा गरी आफन्तको आगमन पश्चात आजै दिउँसो दोलालघाटमा दाहसंस्कार गरिने लामाले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट