काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनी सोमबार हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् ।
ओली झापा–५ बाट चुनाव लड्दै छन् ।
उम्मेदवारी दर्ताका लागि उनी झापा पुगेका हुन् । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत् मंगलबार उम्मेदवारी दर्ताको कार्यतालिका छ ।
प्रतिक्रिया दिनुहोस