२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

चुनावबारे रेनुको प्रतिक्रिया : 'कसै न कसैसँग त भिड्नैपर्छ, किन डराउनू'

सोमवार , माघ ५, २०८२

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सामान्य चुनावमा आफू नडराउने प्रतिक्रिया दिएकी छिन् ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने तयारीमा रहेकी उनले सोमबार चितवनमा सञ्चारकर्मीसँगको कुराकानी क्रममा यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले आफू यसपटकको निर्वाचनबाट तरंगित नभएको पनि दाबी गरेकी छिन् ।

उनले भनिन्, ‘कसै न कसैसँग त भिड्नैपर्छ । हिजो पनि भिडेरै आएको हो । हिजो पनि काठमाडौं–१ मा हेभिवेट प्रकाशमानसँग भिडेरै आएको हो । हो पराजित भएँ,’ दाहालले भनिन्, ‘भिड्नसँग डराउँदिन । हिजो पनि भिडेरै आएको हो । सामान्य चुनावमा डराउने कुरा होइन ।’

चितवनको सोही क्षेत्रमा रास्वपाले नेतृ सोबिता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यसैपनि यो क्षेत्रको चुनावी परिणाम रोचक हुने आँकलन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट