२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

पर्वले धर्म र संस्कृति संरक्षण तथा संवृद्धनमा प्रेरित गर्दै आएका छन् : सभापति थापा

सोमवार , माघ ५, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले तामाङ जातिको नयाँ वर्षका रूपमा मनाइने सोनाम ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज तथा परम्पराको संरक्षण र संवृद्धनमा सबैलाई प्रेरित गर्दै आएको उल्लेख गरेका छन् ।

सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति थापाले सोनाम ल्होसारले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ मजबुत बनाउँदै आएको बताएका छन् ।

सभापति थापाले सोनाम ल्होसारले नेपालीबीच आपसी विश्वास, एकता र सहकार्यको भावना अभिवृद्धि गर्दै आर्थिक तथा सामाजिक रूपमा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुन सबैमा नयाँ ऊर्जा र उत्साह प्रदान गरोस् भन्ने कामनासहित शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट