२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

देश र नागरिकको बिकासका लागि हातेमालो गर्न रास्वपा आएँ : अमरेशकुमार

सोमवार , माघ ५, २०८२

काठमाडौं । अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

सोमबार जनकपुरधाममा भएको रास्वपाको चुनावीसभाका क्रममा रास्वपा सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन शाह लगाएत नेताहरुले सिंहलाई रास्वपा प्रवेश गराएका हुन् ।

रास्वपा प्रवेश गरेपछि नेता सिंहले देशलाई अघि बढाउन रास्वपालाई अत्याधिक मतका साथ बिजयी गराउन आह्वान गरे । उनले आफु कुनै पदका लागि नभइ देश र नागरिकको बिकासका लागि हातेमालो गर्न रास्वपामा आएको बताए ।

देशको लागि काम गर्दा आफुलाई पटक पटक बदनाम गर्ने कोशिश भएको उनको भनाइ छ । उनले बालेनलाई प्रधानमन्त्री बनाएर छाड्ने भन्दै त्यसपछि मात्रै मधेशको आन्दोलन सफल हुने बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट