२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

दुर्गा प्रसाईं पोखराबाट पक्राउ, काठमाडौं पठाउने तयारी

सोमवार , माघ ५, २०८२

गण्डकी । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

आज दिउँसो पक्राउ परेका प्रसाईँलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए। “उहाँको मुद्दा काठमाडौँमा भएकाले उतै पठाउन लागिएको हो”, उनले भने ।

यसअघि आइतबार निर्वाचन आयोगले प्रसाईँलाई कारबाही गर्न माग गर्दै प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेको थियो । प्रसाईँले केही दिनअघि कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई रु ५२ करोड बुझाएको आरोपसहित एक भिडियो सार्वजनिक गरेका थिए ।

सोही विषयमा आयोगले प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट