काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले देशका लागि आवश्यक व्यक्ति र पार्टीलाई चुन्ने सहि समय आएको बताएका छन् ।
रास्वपाले सोमबार जनकपुरमा आयोजना गरेको चूनावी सभालाई सम्बोधन गर्दै शाहले देशका लागि काम गरेर देखाउने मान्छेको खाँचो रहेको भन्दै अहिले देशका लागि आवश्यक व्यक्ति र पार्टीलाई चुन्ने सहि समय आएको बताएका हुन् ।
उनले काठमाडौं महानगरको प्रमुखको जिम्मेवारीमा रहदा आफुले धेरै काम गरेको भन्दै अब मधेश र देशका लागि काम गर्ने बताए । मधेशको छोरालाई प्रधानमन्त्री बनाउनका लागि घण्टीमा मत दिन उनले आग्रह गरे ।
त्यस्तै, शाहले मुलुक संघीयतामा गइसकेपछि प्रदेश सरकारलाई अधिकारबिहीन बनाइको उल्लेख गरे । प्रदेशभित्रको अधिकार माग गर्न काठमाडौं जानुपर्ने बाध्यतालाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
आगामी चुनावमा उम्मेद्वार बन्नका लागि शाहले आइतबार नै काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएका थिए । त्यसपछि शाह पहिलोपटक चुनावी सभामा सहभागी भएका हुन् ।
प्रतिक्रिया दिनुहोस