काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन् ।
सोमबार उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन् ।
उनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । उनलाई रास्वपाले ललितपुर–२ बाट उम्मेदवार बनाउँदै छ ।

प्रतिक्रिया दिनुहोस