काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने भएका छन् । यससँगै सभापति थापाले आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्ने निर्णय गरेका हुन् ।
पहिले तीनपटक काठमाडौं–४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थापा यसपटक नयाँ क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । उनका अनुसार यो निर्णय निर्वाचन रणनीति र क्षेत्रीय जनसम्पर्कलाई अझ सुदृढ बनाउनको लागि गरिएको हो ।
कांग्रेस पार्टीले सभापति थापाको उम्मेदवारी औपचारिक रूपमा पुष्टि गर्ने तयारी गरिरहेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले आफ्नो उम्मेदवारी मनोनयन प्रक्रिया पूरा गरिसकेका छन् भने थापा पनि तोकिएको समयमा उम्मेदवारी दर्ता गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस