२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मन्त्री पदबाट राजीनामा दिएर महावीर पुन चुनावी मैदानमा, म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

मंगलवार , माघ ६, २०८२

म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयनपत्र दर्ता गराएका हुन् ।

मन्त्री पदबाट राजीनामा दिएपछि पुनले म्याग्दीबाटै राजीनामा पत्र पठाएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको सम्बन्धित स्रोतले जनाएको छ । मन्त्री पदमा रहँदा शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा विभिन्न सुधारका प्रयास गरेका पुन अब प्रत्यक्ष रूपमा जनताको प्रतिनिधित्व गर्दै संसद् प्रवेश गर्ने तयारीमा जुटेका छन् ।

पुनले म्याग्दी जिल्लाको विकास, शिक्षा, प्रविधि तथा ग्रामीण क्षेत्रमा अवसर सिर्जनालाई आफ्नो मुख्य एजेन्डा बनाउँदै निर्वाचनमा होमिएको बताएका छन् । स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएका उनले पार्टीगत राजनीतिभन्दा माथि उठेर जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनको उम्मेदवारीसँगै म्याग्दी जिल्लाको राजनीतिक सरगर्मी बढेको छ । स्थानीय स्तरमा सामाजिक अभियन्ता तथा प्रविधि प्रवर्द्धकका रूपमा परिचित पुनको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ । आगामी निर्वाचनमा उनले कस्तो जनसमर्थन प्राप्त गर्छन् भन्ने विषयले सबैको ध्यान तानेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट