२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

कांग्रेस दमक नगर सभापति प्रसाईंले गरे पार्टी परित्याग, बालेनको समर्थनमा लाग्ने घोषणा

मंगलवार , माघ ६, २०८२

दमक । नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईंले नेपाली कांग्रेसको क्रियाशील सदस्यता तथा नगर सभापतिको पद परित्याग गरेका छन्।

आइतबार सार्वजनिक रूपमा जारी गरेको घोषणामा प्रसाईंले आज माघ ६ गतेदेखि नेपाली कांग्रेससँगको औपचारिक सम्बन्ध अन्त्य गर्दै अब राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चुनावी अभियानमा सक्रिय रहने जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अब आफ्नो राजनीतिक यात्रा पद, कुर्सी वा झण्डाको नभई परिवर्तनको यात्राका रूपमा अघि बढ्ने स्पष्ट पारेका छन्।

प्रसाईंले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र झापा–५ बाट रास्वपा उम्मेदवार बालेन शाहको चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

आफ्नो सामाजिक–राजनीतिक यात्रामा सहयोग गर्ने नेपाली कांग्रेसका नेतृत्व, कार्यकर्ता, क्रियाशील सदस्य, शुभेच्छुक तथा आम नागरिकप्रति उनले हार्दिक आभारसमेत प्रकट गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट