काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बचाउनका लागि अनुभवी नेतृत्व चाहिने बताएका छन् । झापा–५ मा उम्मेदवारी दर्ता गर्न जाँदै गर्दा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘अहिले देशमा आगो लगाउन लागिरहेका छन्, तिनले भ्रम पार्न खोज्दैछन् । नयाँ पिँढिमा भ्रम छ । देश बचाउनका लागि अनुभवि नेतृत्व चाहियो ।’
उम्मेदवारी दर्ता गर्न जाँदा केही युवाहरूले धकेलाधकेल गरेको प्रसङ्गमा ओलीले एमालेलाई जिस्काउनु महंगो पर्न जाने चेतावनी दिए ।
‘एमालेलाई जिस्काउनु र बिच्काउनु भनेको महंगो हुन जान्छ । त्यो कसैले पनि नगर्दा हुन्छ,’ उनले भने ।
यस क्षेत्रमा रास्वपाबाट काठमाडौं महानगरमा निवर्तमान मेयर बालेन शाहले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस