२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

प्रतिनिधिसभा निर्वाचनः दिउँसो २ बजेसम्म ८६१ जनाले गराए उम्मेदवारी दर्ता

मंगलवार , माघ ६, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशका सबै १६५ निर्वाचन क्षेत्रमा अपराह्न २:०० बजेसम्म ८६१ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार उत्साहपूर्वक ती निर्वाचन क्षेत्रमा मनोनयन भइरहेको छ । आजै अपराह्न ५ देखि ७:०० बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिने छ ।

भोलि बिहान १०:०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी गर्ने र माघ ८ गते साँझ ७:०० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १० देखि अपराह्न १:०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।

यही माघ ९ गते दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन अपराह्न ४:०० देखि साँझ ७:०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट