२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

भारतद्वारा निर्वाचन तयारीका लागि पहिलो चरणमा ६० भन्दा बढी पिकअप र अन्य सामाग्री हस्तान्तरण

मंगलवार , माघ ६, २०८२

काठमाडौं । भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि उपहारस्वरुप सहयोग हस्तान्तरण गरेको छ।

मंगलबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा भारतबाट प्राप्त निर्वाचन सम्बन्धी सहयोग नेपालका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई हस्तान्तरण गरिएको हो।

भारतीय राजदूत डा. राकेश पाण्डेले आगामी निर्वाचनको तयारीका लागि नेपाल सरकारले अनुरोध गरेको सहयोगअन्तर्गत ६० भन्दा बढी डबल–क्याब पिकअप सवारी साधनसहित अन्य सामग्री हस्तान्तरण गरेका हुन् ।

आगामी निर्वाचनका लागि भारतले करिब ६ सय ५० सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ, जुन सहयोग आगामी केही हप्ताभित्र विभिन्न चरणमा हस्तान्तरण गरिनेछ।

कार्यक्रममा गृहमन्त्री अर्यालले उपहारस्वरूप प्राप्त सवारी साधन तथा सामग्रीका लागि भारत सरकार र भारतीय जनताप्रति धन्यवाद व्यक्त गर्दै भारत–नेपालबीचको गहिरो, ऐतिहासिक र बहुआयामिक सम्बन्धको प्रशंसा गरे ।

नेपाल सरकारको अनुरोधमा भारतले सन् २००८ देखि निरन्तर रूपमा निर्वाचन सम्बन्धी सहयोग प्रदान गर्दै आएको छ। यस अवधिमा भारत सरकारले निर्वाचन आयोगसहित विभिन्न मन्त्रालय र विभागहरूलाई उपहारस्वरूप करिब २ हजार ४ सय सवारी साधन उपलब्ध गराइसकेको छ।

भारतीय पक्षबाट प्राप्त यो सहयोग दुई देशबीच रहिआएको बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारीको प्रतिबिम्ब मात्र नभई भारत र नेपालका जनताबीचको गहिरो आपसी विश्वास र मित्रताको प्रतीकका रूपमा समेत लिइएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट