२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

निर्वाचनको मैदानमा दर्जन बढी पत्रकार, क–कसले दिए उम्मेदवारी ?

मंगलवार , माघ ६, २०८२

काठमाडौँ । आसन्न प्रतिधिसभा सदस्य निर्वाचनका लागि दर्जन बढी पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा प्रत्यक्ष सहभागिता यसअघि पनि हुँदै आएकामा त्यो क्रममा अझ बढोत्तरी आएको छ ।

प्राप्त जानकारीअनुसार पत्रकार एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–२ मा उम्मेदवारी मनोनयन दर्ता गराएमा छन् भने चर्चित टेलिभिजन प्रस्तोता ऋषि धमला आमजनता पार्टीबाट रौतहट–४ मा उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट भक्तपुर–२ मा पत्रकार कविर राणा र रास्वपाबाट राजीव खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जुम्ला–१ बाट मनऋषि धिताल, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हुम्लामा डा दीपेन्द्र रोकाय र सोही पार्टीको काठमाडौँ क्षेत्र १० बाट रुपा महर्जन, दोलखा निर्वाचन क्षेत्र नं १ बाट अजयबाबु सिवाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ–६ मा उद्धवराज भेटवाल र झापा–२ मा राप्रपाका तर्फबाट स्वागत नेपालले उम्मेदवारी दिएका हुन् ।

पूर्वपत्रकार नेपाल कम्युनिष्ट पार्टी (एमालें) बाट सूर्यबहादुर थापा क्षेत्री प्यूठानबाट उम्मेदवार बनेका छन् । पत्रकारिता पृष्ठभूमिका रास्वपाका सभापति रवि लामिछाने, सोही पार्टीका दीपक बोहरा, सोविता गौतम र निशा डाँगी पनि उम्मेदवार बनेका छन् । लामिछाने, गौतम र डाँगी यसअघिको निर्वाचनमा प्रतिनिधिसभामा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट