कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेका तारालामा तामाङले कञ्चनपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका छन् ।
उनले आज (मंगलबार) निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
२०७९ को निर्वाचनमा कञ्चनपुर-१ बाट कांग्रेस-माओवादी-एकीकृत समाजवादी पार्टीको गठबन्धनकी उम्मेदवार बिना मगरलाई पराजित गर्दै तामाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस