२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

चुनावी दौडमा सात पूर्वस्वास्थ्यमन्त्री

मंगलवार , माघ ६, २०८२

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सात जना पूर्वस्वास्थ्यमन्त्रीले देशका विभिन्न स्थानमा उम्मेदवारी दर्ता गराएका छन् ।

आज पूर्वस्वास्थ्यमन्त्री गगन थापा, प्रदीप पौडेल, पदम गिरी, शेरबहादुर तामाङ, प्रदीप यादव, उपेन्द्र यादव र भानुभक्त ढकालले आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।

निर्वाचन आयोगको विवरणअनुसार कांग्रेस सभापति थापा सर्लाही क्षेत्र नं ४, कांग्रेसकै पौडेल काठमाडौँ क्षेत्र नं ५, एमालेका गिरी पर्वतबाट उम्मेदवार बनेका छन् ।

यस्तै, सिन्धुपाल्चोक क्षेत्र नं २ बाट एमालेका तामाङ, पर्सा १ बाट एमालेकै प्रदिप यादव, सप्तरी क्षेत्र नं ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष यादव र तेह्रथुमबाट एमालेका ढकालले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट