२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

महावीर भन्छन्ः तीन अध्यादेश र चार नियमावली रोकिएपछि रिस उठ्यो र म्याग्दीतिर दगुरेँ

बुधवार , माघ ७, २०८२

काठमाडौं । निवर्तमान शिक्षामन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारेका तीन वटा अध्यादेश ल्याउन आवश्यक सहयोग नपाएपछि आफूले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका पुनले शिक्षा क्षेत्रको संरचनागत सुधार बिना देश समृद्ध हुन नसक्ने दाबी गरेका छन्। राष्ट्रपति र संसद्को विधान समितिले आफूले प्रस्ताव गरेका तीन अध्यादेश र चार नियमावली स्वीकृत गरेको भए आफूलाई यो निर्वाचनमा उम्मेदवारी दिने सोच नै नआउने उनको भनाइ छ।

“शिक्षा क्षेत्रमा आमूल सुधार गरेर देशलाई अघि बढाउने उद्देश्य थियो, तर तीन वटा अध्यादेश ल्याउन आवश्यक सहयोग नै भएन,” पुनले बुधबार सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

उनले विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै बलियो मन्त्रालय गठन गर्ने प्रस्ताव पनि अघि सारेको बताए। तर सो प्रस्ताव मुख्य सचिव तहबाटै रोकिएको उनको आरोप छ। “छुट्टै विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउने कुरा अल्झाइयो। त्यसपछि रिस उठ्यो र म्याग्दीतिर दगुरेँ,” पुनले उल्लेख गरेका छन्।

त्यसपछि शिक्षामन्त्री पदबाट राजीनामा दिएर म्याग्दी पुगेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएको पुनको भनाइ छ। अब शिक्षा, विज्ञान र प्रविधिलाई मुख्य एजेन्डा बनाएर चुनावी प्रचारप्रसार अघि बढाउने उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट