२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

प्रतिनिधिसभा निर्वाचनः महोत्तरीका चार क्षेत्रमा १४३ जनाको उम्मेदवारी

बुधवार , माघ ७, २०८२

महोत्तरी । प्रतिनिधिसभा निर्वाचनलाई लिएर यहाँका मतदातामा उत्साह छाएको छ । राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्तामात्र होइन, मताधिकार नपाएकाहरू पनि चुनावको चर्चामा लागेका छन् । यो चर्चा चिया पसलदेखि हाटबजारसम्म फैलिएको छ ।

मङ्गलबार उम्मेदवारको मनोनयनपत्र दर्तासँगै आम जनमानसमा चुनावी चर्चा चलेको हो । महोत्तरीका चार प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १४३ जनाले मनोनयनपत्र दर्ता गराएपछि जिल्लामा चुनावको वातावरण बनेको छ ।

मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार क्षेत्र नं १ मा २७, महोत्तरी–२ मा ३७, महोत्तरी–३ मा ४२ र महोत्तरी–४ मा ३७ जनाले उम्मेदवारी दर्ता गराएका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाभरिमा १३ जना महिला उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । जसमा क्षेत्र नं १ मा चार, २ मा पाँच, ३ मा दुई र ४ मा दुई जना छन् ।

चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्वक उत्साहजनक मनोनयनपत्र दर्ता कार्यक्रम सम्पन्न भएको जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यसअघि मनोनयनपत्र दर्ता कार्यक्रमअघि गत सोमबार चारवटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकले निर्वाचन आचारसंहिताको सबै पक्षबाट पूर्ण परिपालनाको प्रतिबद्धता जनाएको थियो, निर्वाचनका लागि उच्चतम सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ ।

महोत्तरीमा यसपालिको निर्वाचनका लागि चार लाख ३१ हजार २५२ मतदाता छन् । जसमा दुई लाख ३५ हजार १८३ पुरुष, एक लाख ९६ हजार ९७ महिला र अन्य दुई रहेका जिल्ला निर्वाचन कार्यालयले यसअघि नै जनाइ सकेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट