२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

झापा–५ का उम्मेदवार बालेनले जनाए झापा–२ की उम्मेदवार इन्दिराको घरमै पुगेर चुनावी अभियानमा ऐक्यबद्धता

बुधवार , माघ ७, २०८२

झापा । झापा–५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रस्तावित प्रधानमन्त्री बालेन शाहले झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको जितका लागि समर्थन र सहयोग जनाएका छन् ।

बालेन बुधबार बिहानै रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यबद्धता व्यक्त गरेका हुन् ।

भेटका क्रममा दुवै नेताबीच परिवर्तनमुखी राजनीति, सुशासन र जनउत्तरदायी नेतृत्वबारे छलफल भएको बताइएको छ । बालेन शाहले इन्दिरा रानामगरको उम्मेदवारीले झापा–२ मा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्दै जितका लागि पूर्ण साथ रहने बताएका छन् ।

यस कदमलाई आगामी निर्वाचनमा रास्वपाभित्रको सहकार्य र साझा उद्देश्यतर्फको संकेतका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट