२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

जरुरी पर्‍यो भने नयाँ आन्दोलन अगाडि ल्याउनुपर्ने हुन्छ : प्रचण्ड

बुधवार , माघ ७, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आवश्यक पर्यो भने एउटा नयाँ आन्दोलन अगाडि सार्नुपर्ने बताएका छन् ।

रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले देश असाधारण परिस्थितिबाट गुज्रेको बताएका छन्।

उनले भने, ‘जरुरी पर्‍यो भने एउटा नयाँ आन्दोलन अगाडि ल्याउनुपर्ने हुनसक्छ राष्ट्र र जनताको निम्ति। नयाँ समाजवादी, राष्ट्रवादी र देशभक्तिपूर्ण आन्दोलन चलाउनुपर्ने पनि हुनसक्छ। भदौ २४ गतेको जस्तै विध्वंसका घटनाहरू घटाउने देशी विदेशी प्रतिक्रियावादी चलखेलहरू अझै रोकिएका छैनन्। त्यो परिस्थितिमा त्यसको प्रतिवाद गर्ने एउटा नयाँ शक्ति निर्माण गर्नुपर्ने आवश्यकता छ।’

उनले देशको स्वाधीनता, जनताको आत्मनिर्णयको अधिकार माथि प्रश्न उठाउने प्रयास भइरहेको जिकिर गरे।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट