२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन अधिकृत समक्ष उजुरी

बुधवार , माघ ७, २०८२

रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन, रौतहट क्षेत्र नं. १ अन्तर्गत उम्मेदवारी दिएका श्री माधव कुमार नेपाल विरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरिएको छ।

मिति २०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका माधव कुमार नेपाल पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई कपिलवस्तु जिल्लाको तिलौराकोटस्थित महत्वपूर्ण ऐतिहासिक तथा सरकारी सार्वजनिक सम्पत्ति रहेको जग्गा अवैध रूपमा हस्तान्तरण गरिएको प्रकरणमा मुछिएको आरोप उजुरीमा उल्लेख गरिएको छ।

उजुरीकर्ताका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम विशेष अदालत, बबरमहल काठमाडौँमा “सरकारी सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको” विषयमा ०७९-४८-०१०७ नम्बरको आरोपपत्र दायर भई मुद्दा विचाराधीन अवस्थामा रहेको छ।

उक्त मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार अदालतमा विचाराधीन रहेकोले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को व्यवस्था अनुसार अभियोग लागेका व्यक्तिको उम्मेदवारी कायम रहन नसक्ने भन्दै श्री माधव कुमार नेपालको उम्मेदवारी खारेज गरिनुपर्ने माग गरिएको छ।

उजुरी प्रतिनिधिसभा सदस्य उम्मेदवार रामनरेश राय यादवद्वारा निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १, रौतहट, गौरमा दर्ता गराइएको हो।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट