काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा चुनिएका गगन थापा नेतृत्वको कार्यसमिति शुक्रबार पार्टी कार्यालय सानेपामा जाने भएको छ ।
शुक्रबार दिउँसो १ बजे पार्टी मुख्यालय जान लागेको प्रवक्ता देवराज चालिसेले बताए। उनका अनुसार भोलि सानेपामा केन्द्रीय समितिको बैठक पनि बस्नेछ।
विशेष महाधिवेशनलाई शेरबहादुर देउवा नेतृत्वको समूह र डा।शेखर कोइराला नेतृत्वको समूहले अस्वीकार गरेको थियो । यद्यपि, थापाको हस्ताक्षर स्वीकार गरेर देउवा पक्षका नेताहरू पनि चुनावमा सहभागी भएपछि थापा सानेपा जान लागेका हुन्।
प्रतिक्रिया दिनुहोस