२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

पार्टी विभाजन रोक्न बीचको बाटो हिँडे : डा. शेखर कोइराला

बिहिवार , माघ ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन रोक्नको लागि आफू बीचको बाटो हिँडेको बताएका छन् ।

मोरङ -६ स्थित सुन्दरहरैंचामा आफ्नो समर्थकहरूसँगको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू पार्टी जोगाउनकै लागि विशेष महाधिवेशनमा नगएको पनि दाबी गरे । उनले भने, ‘उहाँ ग्रुप विशेष महाधिवेशन भनेर हिँड्ने, अर्को नियमित भनेर हिँड्ने त्यसैले पार्टी नफुटोस् भनेर मैले बिचको बाटो लिएँ, म त्यो हलमा गएको भए पार्टी दुई टुक्रा हुन्थ्यो भन्ने कुरा तपाईँहरूले बुझ्नुपर्छ।’

उनले आफू पार्टी बचाउन हिँड्दा ढुलमुले आरोप लगाएकोप्रति आपत्ति जनाए। अब कांग्रेस एकताबद्ध भएर चुनावमा होमिन पनि उनले आग्रह गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट