२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

जेनजी आन्दोलनका नाममा आपराधिक गतिविधिमा संलग्नहरुलाई छोडिन्न : ओली

बिहिवार , माघ ८, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा आपराधिक गतिविधिमा संलग्नहरु कारवाहीको दायरामा आउने बताएका छन् ।

बिहिबार झापाको दमक–८ स्थित नेपाली कम्युनिष्ट पार्टीका नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकन गर्दै ओलीले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक गतिविधिमा संलग्नहरु कारवाहीको दायरामा आउने बताएका हुन् ।

जेनजीको नाममा भएको आन्दोलनका क्रममा आगजनी गरिएको घरमा सामान्य मर्मत पछि बस्दै आएका पुरीलाई आश्वस्त पार्दै अध्यक्ष ओलीले उजुरी–निवेदन लगायतको प्रकृया चाँहि अघि बढाउन सुझाव दिए ।

नेता पुरीले आफूले सवै प्रमाणहरु संकलन गरि सकेको र कानुनी उपचारको प्रकृया पनि अघि बढाएको बताए । आगजनी र तोडफोडका क्रममा क्रममा भएका सवै सम्पत्ती लुटिएको, घरायसी सामानहरु जलाईएको र घर पनि तोडफोड गरिएको पुरीले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट