काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रवक्ता तोकेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रीलाई सरकारको प्रवक्ता तोकेको हो ।
प्रतिनिधिसभा चुनाव लड्नका लागि यसअघिका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएपछि प्रवक्ताको पद खाली थियो । खरेलले राजीनामा दिएपछि अर्याललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
राजीनामा दिएका खरेल ललितपुर–२ बाट रास्वपाको उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया दिनुहोस