२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

रास्वपा उम्मेदवार खरेलसँग निर्वाचन आचारसंहिता उल्लङ्घनबारे सोधियो स्पष्टीकरण

बिहिवार , माघ ८, २०८२

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जगदीश खरेलसँग निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

दोलखामा उम्मेदवार रहेका खरेलले निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) अन्तर्गतका खण्ड (ढ) र (ण) उल्लङ्घन गरेको देखिने श्रव्यदृश्य सामग्रीसहित उजुरी प्राप्त भएपछि आयोगले स्पष्टीकरण माग गरेको हो। उजुरी मिति २०८२/१०/०६ गते दर्ता भएको आयोगले जनाएको छ।

आयोगले पठाएको पत्रमा खरेलले दलको झण्डा प्रयोग गर्दै आचारसंहिताले तोकेको २५ जनाभन्दा बढीको जुलुससहित मनोनयन दर्ता गराएको हो वा होइन भन्ने विषयमा स्पष्ट जवाफ माग गरिएको छ। साथै, उक्त कार्य गरेको पुष्टि भएमा किन निर्वाचन आचारसंहिता, २०८२ तथा प्रचलित निर्वाचन कानुन बमोजिम कारबाही नगर्नु पर्ने हो भन्ने विषयमा पनि स्पष्टीकरण दिन भनिएको छ।

निर्वाचन आयोगद्वारा जारी स्पष्टीकरणमा भएको तीन दिनभित्र आफैं वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा उपस्थित भई स्पष्टीकरण पेश गर्न अनुरोध गरिएको छ।

निर्वाचन आयोगले निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गरिँदै आएको जनाएको छ।

 

(यस अघिको समाचारमा भुलबस गलत निर्वाचन क्षेत्रको नाम र फोटो पर्न गएकोमा क्षमा याचना सहित सच्चाइएको छ। सम्पादक)

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट